×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान सुरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान सुरु

Artha Sarokar

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियान शुभारम्भ गरेको छ ।

हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मूल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरेको छ ।

पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जाने बैंकले जनाएको छ ।

विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभरि १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी