×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा आगलागी पीडितहरूलाई २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामाग्री वितरण

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्वारा आगलागी पीडितहरूलाई २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामाग्री वितरण

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आगलागी पीडितहरूलाई २ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा वैशाख १२ गते बुधबार आगलागीका कारण घरबार विहीन भएका १ सय ५० घर परिवारका लगभग ५ सय ४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही २ लाख ५० हजार रुपैयाँ बराबरको ७ सय ५० केजी आटा, ७ सय ५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १ सय ५० प्याकेट नुन, ४ सय ५० वटा नुहाउने र लुगा धुने साबुन र १ सय ५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १ सय भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने अन्य ५० घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । वैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदीप चन्द्र पोखरेलले जनकपुर शाखाका कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

यो सहयोगले असहज परिस्थितिमा रहेका उक्त परिवारहरूको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: