×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंकमार्फत सहकारी संस्थालाई पुनर्कर्जा दिन मिल्दैन’ : गभर्नर

PRIME CA

‘राष्ट्र बैंकमार्फत सहकारी संस्थालाई पुनर्कर्जा दिन मिल्दैन’ : गभर्नर

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने बताएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भएको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकमार्फत सहकारीलाई पुनर्कर्जा दिन नसकिने बताएका हुन् ।

गभर्नर अधिकारीले सहकारीलाई कानुनत: पनि पनर्कर्जा दिन नमिल्ने बताएका छन् । ‘धितो हुनेले सहकारी बैंकबाट कर्जा पाइरहेका छन्, तर धितो नै नहुने सहकारीलाई कसरी कर्जा दिन सकिन्छ ?,’ उनले प्रश्न गरे, ‘सहकारीलाई पुनर्कर्जा दिन कानुनतः पनि मिल्दैन ।’

गत चैत ६ गते सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर, सत्ता गठबन्धनको निर्णय अनुसार सहकारीलाई पुनर्कर्जा दिन नमिल्ने गभर्नर अधिकारीले बताएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: