×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबलकार शुक्रबार बन्द हुने

PRIME CA
GLOBAL IME BANK

मनकामना केबलकार शुक्रबार बन्द हुने

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। मनकामना केबलकार बैशाख ७ गते शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: