Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्तको ५औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारण सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारणसभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारेकी थिइन् । साथै सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आर्थिक वर्षसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४२४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK