सहकारी र बैंक लाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ। साझेदारीमा सञ्चालन भईरहेको एम बैंक अब कम्पनिका संस्थापक सदस्य संजय महासेठको एकल स्वामित्वमा अगाडी बढ्ने भएको हो।
संचालनको आठ वर्ष पुगेर अब नवौं वर्षमा पुग्न लागेको र पछिल्लो समय बजारको अपेक्षा पनि बढेकाले एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउँन खोजिएको संस्थाका संचालक तथा प्रबन्ध निर्देशक संजय महासेठले बताए। बजारको अपेक्षालाई पुरा गर्न संस्थालाई पनि नयाँ ढंगले अगाडी बढाउनुपर्ने भएकाले यसको संचालन तथा व्यवस्थापनमा पनि परिवर्तन गरिएको महासेठले जानकारी दिए । समयको मागलाई सम्बोधन गर्नकै लागि एम बैंकको पूर्ण स्वामित्व लिएको बताउदै महासेठले आगामी दिनमा व्यवस्थापनलाई पनि थप चुस्त र दुरुस्त बनाईने बताए । स्वामित्वमा मात्रै नभई एम बैंकले दिंदै आएको सेवा सुविधामा नयाँ नयाँ फिचर पनि थपिएको महासेठले बताए ।
‘समयको मागलाई हेरेर नै हामीले यो चुनौतीपुर्ण निर्णय गरेका हौँ, एम बैंकलाई थप प्रतिस्पर्धी बनाउनकै लागि पूर्ण स्वामित्व लिएर नयाँ सेवा सहित आउँन लागेको हो, नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैङ्किङ्गको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ’ महासेठले भने, ‘बैङ्किङ्ग क्षेत्र तुलनात्मक रुपमा पूर्ण रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटलमैत्री हुनुको विकल्प छैन, हामि त्यो ’ग्याप’ पुरा गर्नेगरि काम गर्छौ।’
अहिलेसम्म आफ्ना सदस्य सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने उनले बताए । ईआरपी, भिडियो केवाईसी , लोन म्यानेजमेन्ट सिस्टम जस्ता नयाँ नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले अगाडी लगिने महासेठले बताए। आफूसंग जोडिएका सबै सहकारीलाई नयाँ डिजिटल वित्तीय सेवा – सुविधाहरु मोबाइल मार्फत उपलब्ध गराएको र आगामी दिनमा धेरै भन्दा धेरै बैंक तथा सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको महासेठले बताए । उनकाअनुसार अहिले नेपालमा डिजिटल साक्षरता बिस्तारै बढ्दै गरेको र आफ्नो एम.बैक प्लेटफर्म लाई निरन्तर अपडेट गरि सोहि प्लेटफर्म मार्फत अत्याधुनिक सेवा सुबिधाहरु सुपथ मूल्यमा दिने उनको प्रतिबद्दता रहेको महासेठले बिजपाटी लाई बताए। उनकाअनुसार एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको छ ।
एम बैंक एप अब नयाँ भर्जन सहित अत्याधुनिक सेवा सुबिधा लिएर आएको छ । एम बैंक एपमा अब मल्टिपल रेमिटान्स सेवा, कस्टमर हेल्प , इ–कमर्स साथै अरु थुप्रै सेवा नयाँ भर्जनमा समेटीएको महासेठले बताए। आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने , त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने , बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकरी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु बिगत लामो समय बाट एम बैंकले दिदै आएको छ । काठमान्डौको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर संचालनमा आएको एम बैंक अहिले ६०० बढी सहकारी र सहकारीका लाखौं सदस्यहरुलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्