×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो देखियो बाइसधारा मेलाको रौनक (फोटो-कथा)

PRIME CA

यस्तो देखियो बाइसधारा मेलाको रौनक (फोटो-कथा)

११ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंको बाइसधारामा ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला मंगलबार (आज)बाट सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने हेतुले मेला व्यवस्थापन समितिले २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाएको जनाएको छ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यो वर्ष मेलामा दुई लाख भक्तजनले सहभागीता जनाउनले समितिले अनुमान गरेको छ ।बाँकी तस्बिरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: