×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतमा कृषि विकास बैंक सम्बन्धी १८ मुद्दा विचाराधीन, सबैभन्दा बढी मुद्दा सिटिजन्स बैंकका !

PRIME CA

अदालतमा कृषि विकास बैंक सम्बन्धी १८ मुद्दा विचाराधीन, सबैभन्दा बढी मुद्दा सिटिजन्स बैंकका !

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कृषि विकास बैंक सम्बन्धी अदालतमा १८ मुद्दा विचाराधीन रहेको पाइएको छ । बैंकले हालेका र बैंकविरुद्ध परेका गरी कुल १८ मुद्दा विचाराधीन रहेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो तथ्य उल्लेख गरेको हो ।

यता सबैभन्दा बढी मुद्दा खेप्ने बैंकमा सिटिजन्स बैंक परेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकले बैंकले १ थान मुद्दा हालेको र बैंकविरुद्ध २५ थान मुद्दा परेको जनाएको छ । सिटिजन्सपछि नेपाल एसबिआई बैंकले बैंकविरुद्ध ५ मुद्दा परेको उल्लेख गरेको छ ।

सिटिजन्स र कृषि विकास बैंकविरुद्ध परेका केही मुद्दा गम्भीर प्रकृतिका छन् ।

अन्य बैंकले भने व्यवसायिक विषयमा बाहेक अन्य मुद्दा बैंकको नाममा नपरेको उल्लेख गरेको छ । यद्यपि ती बैंकहरुले जटिल मुद्दालाई पनि सामान्य भन्दै झुट बोलेको जानकारहरुको भनाई छ । अन्य बैंकहरुले आफ्ना विरुद्धमा व्यवसायिक प्रकृतिका बाहेक अन्य मुद्दा नपरेको भने पनि बैंकहरुविरुद्ध केही गम्भीर प्रकृतिका मुद्दा अदालतमा विचाराधीन रहेको पाइएको छ ।

बैंकहरुले केही समय अगाडि सर्वोच्चमा हालेको कर सम्बन्धी मुद्दा हारेको विषय पनि वित्तीय विवरणमा लुकाएका छन् । एनएमबी बैंकबाहेक सबैजसो बैंकले यो मुद्दा विवरण लुकाएका हुन् । वित्तीय विवरणमा अनिवार्य रुपमा बैंकलाई परेको मुद्दामामिलाका विषयमा उल्लेख गर्नुपर्ने नियम छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: