काठमाडाैँ। सिधा कुरा डटकमको समाचार तथा युट्युबमा प्रशारण भएको सामाग्री हटाउन सर्वोच्च अदालतले आदेश दिएको विषयप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नाफिजले एक विज्ञप्ति जारी गर्दै अदालतको यस्तो आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको बताएको हो ।
‘नेपालको संविधानले मौलिक हक र कर्तव्य (भाग ३) अन्तर्गत धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था गर्दै सोही धाराको उपधारा १ मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइनेछैन’ भनी स्पष्ट किटान गरेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘सिधाकुरा’का उक्त सामग्रीलाई लिएर सोमबार भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको हाम्रो ठहर छ ।’ मंगलबार नाफिजका सचिव दिपक भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्