काठमाडौँ । नक्कली कन्सल्टेन्सी चलाएर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङको धुनीबेसीका ३१ वर्षीय जिवा गौतम भन्ने रमेश बयलकोटी र कालिकोटको छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो ।
कन्सल्टेन्सी सञ्चालककै जाहेरीपछि प्रहरीले रमेश बयलकोटीलाई महाराजगञ्जबाट र अर्का सञ्चालक दर्शन नेपालीलाई कागेश्वरी नगरपालिकाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुको साथबाट प्रहरीले ८४ थान राहदानी र १८२ जनाको रेकर्ड पनि बरामद भएको छ ।
उनीहरुले विदेशमा कामका लागि पठाईदिने भन्दै कुल ४२२ जनालाई ठगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसिया लगायतका देशमा बैदेशिक रोजगारीका लागि पठाउने भन्दै उनीहरुले आफ्नो नक्कली नाम बताउने, अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्ने र काम खोज्न आएकाहरुलाई ठग्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनीहरुले ४२२ जनाबाट प्रतिव्यक्ति १० लाख देखि १४ लाख रुपैयाँ लाग्ने बताउँदै सुरुमा प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म असुलेको प्रहरीको अनुसंदहनबाट खुलेको छ ।
उनीहरुले रकम संकलन गर्नका लागि कर्मचारी खटाउने गरेका थिए । कन्सलटेन्सी सञ्चालन गर्दा ललितजंग बम आफू ठगिएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि यस्तो रहस्य खुलेको हो ।
थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्