Skip to content
LAXMI SUNRISE BANK

पानस रेमिट अव निओ मनि ट्रान्सफरको नामबाट रिब्राण्ड

अर्थ सरोकार

काठमाडौं। परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिँदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रुपमा काम गर्ने गरि निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स कम्पनी अव निओ मनि ट्रान्सफरबाट सञ्चालनमा आएको हो ।

एक दशक भन्दा लामो समय देखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्राण्ड गरेको छ । विदेशमा रहेका नेपाली नागरिकहरुले मेहनत गरेर कमाएको पैसालाई नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरी न्युनतम शुल्कमा छिटो, सुरक्षित, र भरपर्दाे तरिकाले आफन्तको माझमा पुर्याउने काम यस संस्थाले गरिरहेको छ ।

निओ अर्थात नयाँ वा पुनर्जीवित रूप हो भने निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भई विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान हो ।

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको रकम केहि सेकेडमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायको रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताको लागि प्रतिबद्धताको साथ, आप्रवासी नेपालीको लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै, उनीहरूलाई सरल तथा न्युनतम लागतमा सेवा प्रदान गर्नेछौँ । डिजिटल रेमिटेन्स किफायती हुनुको साथै यो छिटो र सुरक्षित भएको हुनाले हामी हाम्रा सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिन्छौँ र दिनेछौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK