×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालकविरुद्ध भ्रष्टाचारको मुद्धा, स्वतः निलम्बनमा पर्छन् कि पर्दैनन् ?

PRIME CA

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालकविरुद्ध भ्रष्टाचारको मुद्धा, स्वतः निलम्बनमा पर्छन् कि पर्दैनन् ?

२३ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा संलग्नता देखिएपछि बैंकका सञ्चालक मुक्तिराम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वाइडबडी खरिद प्रकरणमा निगमको तत्कालीन सञ्चालक हुँदा पाण्डेको संलग्नता देखिएपछि भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

पाण्डेले आफू सञ्चालक हुँदा निगमका अन्य कर्मचारीहरुसँगको मिलेमतोमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली २०६५ को विनियम २३६ संशोसन नगरी सार्वजनिक खरिद ऐन २०६३ ले निर्धारण गरेको कार्यविधि र सो अनुरुपको स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट विपरीतको रिक्वेष्ट फर प्रपोजल डकुमेन्ट स्वीकृत गराई संस्थालाई आर्थिक नोक्सानी पुर्याएको आरोपपत्रमा भनिएको छ ।

बिहीबार पाण्डेसहित अख्तियारले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी र वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकार लगायत रहेका छन् ।

पाण्डे हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक छन् । त्यहाँ पनि उनको योग्यतामाथि प्रश्न उठेको छ । यता बैंकका केही सञ्चालकले भने भ्रष्टाचार मुद्दाका प्रतिवादी नै भइसकेपछि उनी स्वतः निलम्बन हुने बताएका छन् भने केहीले भने दोषी ठहर भइनसकेकोले तत्काल निलम्बन गर्नुनपर्ने धारणा राखेका छन् । हाल उक्त विषयमा बैंकभित्र आन्तरिक छलफल चलिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: