काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजारमाथिको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा माई खोला हाइड्रोपावर लिमिटेड, महुली वित्तीय संस्था लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, प्रभु बैंक डिबेन्चर-२०८७ र दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, गुर्खाज फाइनान्स, पिपुल्स हाइड्रोपावर कम्पनी, माया खोला हाइड्रोपावर कम्पनी र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै, सोमबारको सेयर बजारमा रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशले घटेको हो । रिभर फल्स पावरमा यस्तो गिरावट आउँदा हिमालयन हाइड्रोपावर लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया ग्रोथ फण्ड-२मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्