×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको नाफा १५ प्रतिशतले घट्यो, ईपीएसमा सामान्य गिरावट

PRIME CA

निफ्राको नाफा १५ प्रतिशतले घट्यो, ईपीएसमा सामान्य गिरावट

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा १५.०२ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकले कुल ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३.२८ प्रतिशत घटेको छ । त्यस्तै, चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा बैंकको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत र सञ्चालन मुनाफा १४.९९ प्रतिशत घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा निफ्राको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ ।

नाफासँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस)मा पनि सामान्य गिरावट आएको छ । यसअवधिमा बैंकको यस्तो आम्दानी १.०८ रुपैयाँले घटेर ६ रुपैयाँ ९ पैसा रहेको छ । यता बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: