काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.४४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले कुल २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.७२ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा पनि १३.७९ प्रतिशतले घटेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेपछि खुद नाफा पनि घटेको हो ।
त्यस्तै, यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ २० पैसाले घटेर १६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १३ पैसा रहको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्