Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला दुधकोशी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने ३४ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
उनले छवि माया मगर सहित १० जनालाई वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै रकम ठगी गरेका थिए । गुरुङले बेरोजगार युवा युवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन कृष्ण मन्दिरबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगारी विभाग ताहाचल पठाईएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK