काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला दुधकोशी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने ३४ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
उनले छवि माया मगर सहित १० जनालाई वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै रकम ठगी गरेका थिए । गुरुङले बेरोजगार युवा युवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन कृष्ण मन्दिरबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगारी विभाग ताहाचल पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्