×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ

PRIME CA

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ०३ घर भई काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल बस्ने ३३ वर्षीय मदन सिंह ठगुन्ना र महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं.९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने ३७ वर्षीय अजमत राईन पक्राउ परेका हुन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्दै आएका थिए । क्रोएसिया, मलेसियालगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ।
मदन सिंह ठगुन्नाले दुई लाख ८७ हजार रुपैयाँ र अजमत राईनले दुई लाख रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कुलेश्वर र कपनबाट पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: