×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्दिभ्स र मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार

PRIME CA

माल्दिभ्स र मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । माल्दिभ्स र मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ०४ हाल परिवर्तित बडहरी नगरपालिका वडा नं. ०२ बस्ने ३९ वर्षीय मोहन प्रसाद तिमल्सिना रहेका छन् ।

उनले श्याम लामा सहित ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया पठाईदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेका थिए । उनले पीडितहरुलाई मासिक एक लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका वडा नं. ०७ तेलतेलेबाट पक्राउ गरेको हो । पक्राउ परेका तिमल्सिनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: