Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय कृष्ण बहादुर चन्द र ३६ वर्षीय एलिजर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चैत २८ गते नयाँ बानेश्वर र थापाथलीबाट पक्राउ गरेको हो ।

उनीहरुले पोर्चुगल, पोल्याण्ड लगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ । पीडित जाहेरीकर्ताका अनुसार आकर्षक तलबको प्रलोभनमा पारेर कृष्ण बहादुर चन्दले ११ लाख ५० हजार र एलिजर तामाङले एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK