काठमाडौँ । ६० हजारमा नक्कली सुन बेच्ने एक जना पक्राउ परेका छन् । नक्कली सुनलाई सक्कली भन्दै ६० हजारमा बेच्ने भारतको सिलुगढीका ५४ वर्षीय शेरबहादुर गिरी पक्राउ परेका हुन् ।
गिरीले आफूसँग काँचो सुन भएको र उक्त सुन ६० हजार रुपैयाँमा दिने भन्दै ठगी गरेका थिए । नक्कली सुनलाई सक्कली भनेर गिरीले झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाख रुपैयाँमा बिस्कुट आकारको नक्कली सुन बिक्री गरेका थिए । तर, ६० हजार रुपैयाँमा किनेको उक्त सुन नक्कली रहेको पाइएपछी सिटौलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीका आधारमा गिरीलाई बिर्तामोड-५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हाल पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्