Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय दिपा थारु र ५७ वर्षीय कृष्ण माया गौतम रहेका छन् ।
उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।  उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले इमाडोल र सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK