×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दामा सुजता पुलामी पक्राउ

PRIME CA

बैंकिङ कसुर मुद्दामा सुजता पुलामी पक्राउ

११ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकिङ कसुर मुद्दाकी प्रदिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ४ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १ बस्ने ३३ वर्षिया सुजता पुलामी पक्राउ परेकी हुन् ।
किरण महर्जनको जाहेरीमा जिल्ला अदालत काठमाडौंले मिति २०८०/०४/०९ गते उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पुलामीलाई २०८१ साल बैशाख १० गते नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी बृत्त नयाँ बानेश्वर पठाईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: