×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ, २७ वर्षीय बिबेक कँडेल रहेका छन् ।

उनीहरुले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले अनामनगर र बागबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी