काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । ८औँ स्वास्थ्य बीमा दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्ने बताएका हुन् ।
‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सह भुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’लाई प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन् ।’, प्रधानमन्त्री दाहालले भने ।
स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई स्वास्थ्य कार्यक्रमको दायरा बढाउनुपर्नेमा जोड दिएका उनले औपचारिक क्षेत्रका पनि शिक्षक,जनप्रतिनिधि लगायतका अनिवार्य बीमा गराउन आवश्यक भएको बताएका छन् । ‘औपचारिक क्षेत्र शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरुको आम्दानी अनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक छ ।’, उनले भने, ‘यसरी मात्रै स्वास्थ्य बीमा कार्यक्रमलाई देशको कार्यक्रमको रुपमा स्थापित गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’
त्यस्तै, बीमामा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्ने, बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान दिनुपर्नेमा दाहालले जोड दिएका छन् । साथै उनले सुशासन तथा वित्तीय अनुशासन कायम राखेर स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका दाहालले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तीनै तहका सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट गर्न लागेको जिकिर गरेका छन् । बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका दाहालले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने धारणा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्