×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रोड टेस्ट’ गरेर मात्रै ड्राइभिङ लाइसेन्स दिनुपर्छः गृहमन्त्री लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘रोड टेस्ट’ गरेर मात्रै ड्राइभिङ लाइसेन्स दिनुपर्छः गृहमन्त्री लामिछाने

Artha Sarokar

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले ड्राइभिङ लाइसेन्स दिँदा ‘रोड टेस्ट’ गर्नुपर्ने बताएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान– २०८१’लाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले ‘रोड टेस्ट’ नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

रविले सवारी चालकलाई ‘रोड टेस्ट’ नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरेका छन् । ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको रविले बताएका छन् । उनले सवारी साधन राम्रोसँग चलाउन आएपछि ‘रोड टेस्ट’ गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताएका छन् ।

‘अहिले रोड टेष्ट नगरी ड्राइभिङ दिने परिपाटी छ, त्यो परिपाटी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ । कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ ।’, गृहमन्त्री रविले भने, ‘तर, सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु ।’

त्यस्तै, रविले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्ने कुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी