×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकबाट बिदा भए सीईओ श्रेष्ठ, कामु सीईओको जिम्मेवारी देबेन्द्ररमण खनाललाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय वाणिज्य बैंकबाट बिदा भए सीईओ श्रेष्ठ, कामु सीईओको जिम्मेवारी देबेन्द्ररमण खनाललाई

Artha Sarokar

२९ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ सेवाबाट निवृत्त (अवकाश) भएका छन् । श्रेष्ठ बैंकमा दुई कार्यकाल पूरा गरेर चैत २८ गतेदेखि बैंकबाट बिदा भएका ुहन् । उनी पहिलोपटक राष्ट्रिय वाणिज्य बैंकमा २०७२ चैत २९ गते खुला प्रतिष्पर्धाबाट सीईओमा नियुक्त भएका थिए ।

त्यसपछि उनलाई २०७६ साल चैत २९ गते बैंकको सञ्चालक समितिले बैंकमा दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गरेको थियो ।

योसँगै बैंकको सीईओ पदमा रहेर ८ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका श्रेष्ठलाई बुधबार एक कार्यक्रमकाबीच बैंक सेवाबाट बिदाई गरिएको छ । बिदाईका क्रममा श्रेष्ठले बैंकका रहँदासम्म साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

श्रेष्ठको बिदाईसँगै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई बैंकको कामु सीईओको जिम्मेवारी दिइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी