×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय केन्द्रीय बैंकद्वारा कोटक महिन्द्रा बैंकलाई कारवाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतीय केन्द्रीय बैंकद्वारा कोटक महिन्द्रा बैंकलाई कारवाही

Artha Sarokar

१६ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) कोटक महिन्द्रा बैंकलाई कारवाहीको घोषणा गरेको छ । आरबीआईले बुधबार कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारवाहीको घोषणा गरेको हो ।

बैंकले आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन दिएको छ । कोटक बैंकले २०२२ र २०२३ को लागि केन्द्रिय बैंकले जारी गरेको सुधारात्मक कार्य योजनाहरूको साथ उल्लेखनीय रूपमा गैर-अनुपालन गरेको फेला पारेको थियो ।

उक्त बैंकमा निकै कमजोरी र नियम पालना नगरेको पाइएको छ । आरबीआईले आईटी सूची व्यवस्थापन, प्याच र परिवर्तन व्यवस्थापन, प्रयोगकर्ता पहुँच व्यवस्थापन, विक्रेता जोखिम व्यवस्थापन, डेटा सुरक्षा र डेटा चुहावट रोकथाम रणनीतिहरू, व्यापार निरन्तरता जस्ता क्षेत्रमा गम्भीर कमजोरी भेटिएको आरबीआईले जनाएको छ ।

कोटक महिन्द्रा बैंकको भारतभर १८ सय भन्दा बढी शाखाहरू छन् । ४८ मिलियन भन्दा बढी ग्राहक संख्या छ । यसले २००३ मा आरबीआईबाट बैंकिङ इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले हाल वाणिज्य बैंकिङ, स्टक ब्रोकिङ र म्युचुअल फण्डदेखि बीमा तथा लगानी बैंकिङसम्मका सेवाहरू प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी