×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी पीडितको रोदन, ‘सरकार ! कि न्याय देउ कि मारिदेउ’

PRIME CA

सहकारी पीडितको रोदन, ‘सरकार ! कि न्याय देउ कि मारिदेउ’

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन् । सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतमश्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरुलाई सरकारले बेवास्ता गरेको बताए ।

उनीहरुले ठूला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरुलाई फसाउने गरेको आरोप लगाएका छन् । सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन नगरेको भन्दै पीडितहरु आक्रोशित बनेका थिए ।

सन्ध्या सहकारी पीडित कृति बस्नेतले आँखाभरी आशु पार्दै भनिन्, ‘हामीले बचत गरेको पैसा मागेको हौं। यसमा सरकारले पनि साथ दिएन । लड्दा लड्दा थाकिसक्यौं । अब सरकार हाम्रो कुरा नसुन्ने नै हो भने बरु मार्दिनु ।’ उनले व्यथा सुनाउँदै थपिन ‘म ट्युमर पीडित छु, अहिले उपचार गर्ने पैसा समेत छैन । एकदम गाह्रो भएको छ । मैले सहकारीमा ६ लाख रुपैयाँ राखेको थिए । भएको सम्पती नै त्यति हो । कि सरकारले मारिदियोस् कि न्याय दियोस् ।’

सन्ध्या बचत तथा ऋण सहकारीको पेप्सिकोला शाखाका बचतकर्ताको तीन करोड रकम पाएका छैनन् ।

यस्तै, ओरियन्ट फाइनान्सका पीडित सन्जय कुमार पारिकले बाबुको पेन्सनको नौ लाख रुपैयाँ सहकारीमा फसेको सुनाए । उनले पीडितहरु सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै सरकारले न्याय नदिए आफैं रकम अपचलन गर्नेको घर भत्काउन जाने चेतावनी दिए । उनले भने, ‘हामी सधैं यहाँ धाउने काम मात्रै भइरहेको छ । समस्याको हल भएको छैन । जसरी बालेनले डोजर लिएर अनाधिकृत घर भत्काए त्यसैगरी जति सहकारीको पैसा खाएर बसेका छन् तिनिहरुको घर भत्काउन डोजर लिएर जान्छौं र भत्काउन सुरु गर्छौं ।’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगरमा पीडित र पीडक पक्षबीच छलफल गर्न बैठक बोलाइएपनि सहकारी सञ्चालक पक्षका कोही नआएपछि पीडितहरु आक्रोशित बनेका हुन् । ‘बैठक बोलाएका थिए अहिले कोही छैनन् यहाँ । पैसा नेताको डुबेको हुन्थ्यो भने घाँटी समाएर लिन्थ्यो । हामीसँग कोही छैन् कसरी लिने ?’ उनले थपे, ‘कमसेकम सरकारले एउटा समिति बनाएर हाम्रा समस्या सुनिदिएको भए त हुन्थ्यो । यहाँ सबै वृद्धवृद्धा मात्रै छौं । कसैलाई भिनाजुले फसा । कोही सालीले, कोही जेठानले फसाए । अनि हामी सबै फस्यौं । सरकारलाई हात जोडेर बिन्ति गर्छौ जसरी भएपनि हाम्रो पैसा दिलाइदिनुस्’, पारिकले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: