काठमाडौं । नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्का रुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्ने बताएकी छिन्। यस्तै उनले सहकारीपीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरेकी छिन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेकी हुन् । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ ।
‘आजभोलि सहकारीपीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताउनुभयो । फुटपाथमा व्यवसाय गर्ने उहाँको सहकारीमा जम्मा गरेको रकम डुबेछ, उनले भनिन्-‘ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताउनुभयो । उहाँ एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।’
सांसद गौतमले सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उनले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको बताएकाी छिन् । उनले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
उनले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारीपीडितको पीडा देख्न नसकेको उल्लेख गरेकी छिन् । उनले सहकारीपीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ ।
उनले सहकारीपीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताएकी छिन् । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्