काठमाडौं । क्यान्सर पीडित विज्ञान बुढाको उपचारका लागि ६५ हजार सहयोग संकलन विज्ञान बुढाको उपचारका लागि अहिलेसम्म ६५ हजार ६४७ रुपैयाँ रकम संकलन भएको छ ।
दुग्द विकास संस्थानमा कार्यरत तथा आर आर क्याम्पस राजनीति शास्त्र चौथो सेमेस्टरमा अधययनरत खिम बुढा मगरका शुपुत्र विज्ञान बुढालाई ब्लड क्यानसर भएपछि उनको उपचारमा आर्थिक अभाव भएपछि विज्ञानलाई बचाउन अभियान थालिएको थियो ।
चौथो सेमेस्टरको परीक्षा सकिएपछि छोराको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली राजिव गान्धी क्यान्सर हस्पिटल, सेक्टर-छ, रोहिणी पश्चिममा चेक गरेपछि विज्ञानलाई क्यान्सर भएको पुष्टी भएको खिम बुढाले जानकारी दिएका छन् । विज्ञान उक्त अस्पतालमा हेमातो अनकोलोजी केयरमा उपचारतः छन् ।
ब्लड क्यान्सर पीडित विज्ञान बचाउ अभियानका संयोजक बाबुराम आचार्यले आरआर क्याम्पस चौथो सेमेस्टरका विद्यार्थीको अभियानबाट वा खिम बुढाको क्यूआरमा सोझै रकम सहयोग गर्न सकिने बताएका छन्। कलेजमार्फत सहयोग गर्दा कोषाध्यक्ष तपेन्द्र बहादुर थापाको क्युआर कोडमार्फत सहयोग गर्न संयोजक आचार्यले अनुरोध गरेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्