×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबले सम्पन्न गर्यो व्यवसाय साझेदारी सम्बन्धी सम्झौता

PRIME CA
GLOBAL IME BANK

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबले सम्पन्न गर्यो व्यवसाय साझेदारी सम्बन्धी सम्झौता

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबले व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न गरेको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौँमा आयोजित समारोहमा नेक्सजेन म्यानेजमेन्ट र लगानी हबले उक्त सम्झौता सम्पन्न गरेको हो ।

सो सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् ।

मुलुक आर्थिक सङ्कटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ-नयाँ उद्योग व्यवसाय गर्नेलाई प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ । यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको हो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो । त्यसैगरी लगानी हब प्रालि लगानीको नयाँ-नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: