काठमाडौँ । अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०’ बाट सम्मानित भएका छन् । मंगलबार काठमाडौँमा न्युज एक्सप्रेस मिडिया प्रालिद्वारा आयोजित विशेष समारोहकाबीच प्याकुरेल ‘आर्थिक डिजिटल मिडिया अवार्ड’बाट सम्मानित भएका हुन् ।
आर्थिक पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका आधारमा प्याकुरेललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । करिब एक दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका प्याकुरेललाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले ‘आर्थिक डिजिटल मिडिया अवार्ड’ हस्तान्तरण गरेका हुन् ।
प्याकुरेल आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का संस्थापक महासचिव समेत हुन् । अवार्ड ग्रहण गर्दै उनले अवार्ड दिने आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै अवार्डले थप उर्जा मिलेको बताएका छन् ।
त्यस्तै, ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०’ अन्तर्गत ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषि धमलालाई ‘डिजिटल मिडिया पपुलर प्रोग्राम अवार्ड’ प्रदान गरिएको छ ।
सोही कार्यक्रममा ९६ बर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई ‘लाईफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो । साथै, खवरहवका प्रधान सम्पादक अरुण बराललाई ‘डिजिटल मिडिया एडिटर अवार्ड’ र विरेन्द्र जैरुलाई ‘जनआवाज डिजिटल मिडिया अवार्ड’बाट सम्मानित गरिएको छ । जैरु न्यूज२ २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् ।
त्यस्तै, नागरिक दैनिकमा आर्थिक ब्युरो प्रमुख दिलीप पौडेललाई ‘सशक्त पत्रकारिता अवार्ड’, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई ‘बरिष्ठ रंग पत्रकारिता अवार्ड’, समय टिभीलाई ‘डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड’, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई ‘डिजिटल मिडिया इथिकल अवार्ड’, योहो टेलिभिजनको ‘समयचक्र’ कार्यक्रमका प्रस्तोता सन्तोष विके थापालाई ‘डिजिटल मिडिया स्कृप्ट अवार्ड’ प्रदान गरिएको छ ।
‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०’ अन्तर्गत यसवर्ष डिजिटल मिडियामा उत्कृष्ट काम गर्ने कुल २५ जना सञ्चारकर्मी र केही समाजसेवीलाईसमेत सम्मान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्