काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले विद्युतीय व्यापार विधयेक २०८० मूल उद्देश्यबाट भड्किएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विद्युतीय व्यापार विधयेक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयक विद्युतीय व्यापारलाई प्रोत्साहित गर्ने भन्दा पनि त्यसलाई नियन्त्रण गर्ने दृष्टिकोणले अगाडि सारेको भन्दै उद्देश्यबाट भड्किएको बताएका हुन् ।
उनले भने,-‘कानुन नियन्त्रणको लागि होइन खराब कुरा नियन्त्रण गर्न कानुनको आवश्यकता पर्छ । तर व्यापार उद्योगलाई नियमन गर्ने हो । सहजीकरण गर्ने हो । प्रोत्साहित गर्नुपर्ने हो । कानुनमा मूल उद्देश्य त्यो हुनुपर्ने हो । विधेयक मूल उद्देश्यबाट भड्किएको छ । यसले विद्युतिय व्यापारलाई प्रोत्साहित गर्नेभन्दा पनि त्यसलाई नियन्त्रण गर्ने दृष्टिकोण अगाडि सारेको छ । त्यसैले विधेयकमा धेरै परिवर्तनको आवश्यकता छ ।’
विद्युतीय व्यापार विधयेकलाई जस्ताको त्यस्तै पारित गरियो भने भइरहेको व्यापारलाई प्रोत्साहन गर्न नसक्ने बताए । कसरी व्यापारलाई प्रोत्साहन गर्ने र पारदर्शी ढङ्गले व्यापार अगाडि बढाउने भन्ने विषयलाई समेटेर विधेयक पारित गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘हाल नेपालको यो विद्युतिय व्यापार एक सय ५० प्रतिशतले वृद्धि भइरहेको छ । वार्षिक करिब दश अर्बको कारोबार भइरहेको छ । विधेयक जस्ताको त्यस्तै पारित भयो भने त यसले त्यसलाई प्रोत्साहन गर्ने होइन् नियन्त्रण गर्ने काम गर्छ । त्यसैले कसरी व्यापारलाई प्रोत्साहन गर्ने र पारदर्शि ढङ्गले व्यापार अगाडि बढाउने सोच्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्