Skip to content
LAXMI SUNRISE BANK

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित, काँग्रेसको अवरोध कायम, बटम लाइन ‘रविमाथि छानविन’

अर्थ सरोकार

काठमाडौँ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैको अवरोधपछि बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र सत्तापक्षका दलहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले काँग्रेसका तर्फबाट सुशीला थिङलाई बोल्न समय दिएका थिए ।

तर, त्यसपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झालाई बोल्ने समय दिएपछि काँग्रेसमा संसदमा अवरोध सृजना गरेको थियो । संसदमा अवरोध सृजना गरेर बोल्न नदिएपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर विरोध जनाएको थिए ।

तर अवरोधकाबीच संसद चल्ने अवस्था नदेखेपछि सभामुख घिमिरेले १५ मिनेटमा पुनः बैठक बस्नेगरी बैठक स्थगित गरेका छन् ।

यता नेपाली काँग्रेसले भने सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन आफ्नो ‘बटम लाइन’ बनाएको छ । सरकारले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति नबनाए संसद चल्न नदिने काँग्रेसले चेतावनीसमेत दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK