×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साइन रेसुङ्गाको नाफामा सामान्य गिरावट (थप विवरणसहित) 

PRIME CA

साइन रेसुङ्गाको नाफामा सामान्य गिरावट (थप विवरणसहित) 

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ७.१९ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१  करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

त्यस्तै, समीक्षा  अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६६ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा पनि ७९ करोड ६२ लाखबाट बढेर ८१ करोड २७ लाख भएको छ । यसअवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने २१.२७ प्रतिशतले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा दर २.११ प्रतिशत विन्दुबाट बढेर ३.४१ प्रतिशत पुगेको छ । त्यस्तै, यसअवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि २ रुपैयाँ ७६ पैसाले घटेर १४ रुपैयाँ ५ पैसामा झरेको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ ४ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: