×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउथवेस्टर्न बिजनेश कलेजद्वारा विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न

PRIME CA

साउथवेस्टर्न बिजनेश कलेजद्वारा विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं साउथवेस्टर्न बिजनेश कलेजले टोखा स्थित लर्ड प्यालेस बैंक्वेटमा आफ्ना नयाँ विद्यार्थीहरुलाई स्वागत र पास आउट भएका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थी र कलेजका कर्मचारीहरुलाई पुरस्कार र सम्मान पत्र वितरण गरिएको थियो। कार्यक्रममा जानकी पराजुली एवं डा. रमा कण्डेल विशेष अतिथि थिए भने डा. कृष्ण बहादुर कार्की सभापतिका रुपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साउथवेस्टर्न बिजनेश कलेजले यस्ता कार्यक्रम गरेर विद्यार्थीहरुको मनोबल बढाउने काम गरेकोमा सबैलाई धन्यबाद दिएका थिए ।

साथै, कार्यक्रमको बारेमा जानकारी दिँदै एकेडेमिक कोर्डीनेटर नानी मैया डंगोलले, यो बर्ष इस्टुडेन्ट अफ द एयरको रुपमा सोनिया थापा र सृजना चौधरी तथा टिचर अफ द एयरको रुपमा सुष्मा श्रेष्ठलाई सम्मान र मायाको चिनो प्रदान गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएकी थिइन् ।

कार्यक्रममा एक्टिभिटिज, एटेनडेन्स र एकेडेमिक शिर्षकहरुमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई प्रमाणपत्र, मायाको चिनो एवं गिफ्ट भाउचरहरु प्रदान गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: