काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ ।
बैंकले तेश्रो त्रैमाससम्ममा २ अर्व ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा आघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६.२४ प्रतिशतले घटेको हो । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ११.०६ प्रतिशतले घटेर ३ अर्व ९२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको ४ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।
त्यसैगरी, बैंकको सञ्चालन नाफा पनि ६.१२ प्रतिशतले घटेर ३ अर्ब ५० करोड रुपैयाँमा पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावटा आएसँगै खुद नाफा पनि घटेको हो । बैंकको खरब कर्जा पनि ०.९० प्रतिशतबाट बढेर २.१४ प्रतिशत पुगेको छ । चैत मसान्तसम्ममा भने यसको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३१ पैसाले घटेर ३४ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०८.८५ रुपैयाँ छ ।