×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाईसी प्रणाली संचालनमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाईसी प्रणाली संचालनमा

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले नयाँ वर्ष २०८१ को अवसरमा अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि ‘मिशन २०८४’ अनावरण गरेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर सन सेक्युरिटीजले ‘एक नेपाली एक ब्रोकर खाता’ भन्ने नाराका साथ २०८४ सम्ममा हरेक नेपालीको एउटा डिम्याट र एउटा ब्रोकर खाता खोल्ने अभियान को शुभारम्भ गरको हो ।

वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको हुँदा सन सेक्युरिटीजले ‘मिशन ०८४’ अन्तर्गत ग्राहकहरुलाई चार विभिन्न आकर्षक अफरहरु प्रस्तुत गरेको छ ।

सन सेक्युरिटिज प्रा.लि.का अफरहरुः

१. लाइफटाइम डिम्याट खाता अफर 

यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु ६६४ मा डिम्याट खाता तथा आजिवन डिम्याट नविकरण सेवा पाउन सकिनेछ । यससँगै ग्राहकहरुले अनिवार्य रुपमा ब्रोकर खाता समेत पाउनेछन् ।

२. निःशुल्क डिम्याट र मेरो सेयर अफर 

यस अफर अन्तर्गत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता खोल्ने ग्राहकहरुले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर सेवा प्राप्त गर्नेछन् ।

३. अटोमेटिक डिम्याट तथा मेरो सेयर नविकरण अफर 

यस अफर अन्तर्गत सन सेक्युरिटिज (ब्रोकर नं. ६४) मा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्ष भित्र १० पटक सेयर खरिद बिक्री गर्ने ग्राहकहरुको डिम्याट खाता तथा मेरो सेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नविकरण गरिदिनेछ ।

४. निःशुल्क बिओ-टिओ-बिओ अफर 

यस अफर अन्तर्गत ग्राहकहरुले सन सेक्युरिटिज प्रा.लि.मा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेको आफ्नो नामको सेयर सन सेक्युरिटिज प्रा.लि.मा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क बिओ-टिओ-बिओ (एउटै व्यक्तिको एक डिम्याटमा भएको शेयर अर्को डिम्याटमा लैजाने प्रकृयालाई बिओ टु बिओ भनिन्छ ।) सुविधा प्रदान गरिनेछ । साथै यस सेवाका लागि काठमाडौँ भित्र रहेका ग्राहकहरुलाई थप सेवा आवश्यक परेमा सन सेक्युरिटिजबाट निःशुल्क क्लरिकल सेवा समेत प्रदान गरिनेछ ।

सन सेक्युरिटिजमा अनलाइनबाट डिम्याट खाता तथा कारोबार खाता खोल्नका लागि लिंकमा क्लिक गरेर खाता खोल्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: