काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ ।
तेश्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा सूर्यज्योतिको नाफासँगै खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी पनि बढेको छ । इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कर्जा तथा लगानीबाट हुने आम्दानी ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी पनि ४४.१९ प्रतिशतले बढेर ८ अर्ब ८९ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेको छ ।
हाल सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसाले बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्