×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०४७ साल यताका सबै भ्रष्टाचारका फाइल खोल्न रास्वपाको माग

अर्थ सरोकार

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार

PRIME CA

२०४७ साल यताका सबै भ्रष्टाचारका फाइल खोल्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०४७ साल यताका सबै भ्रष्टाचार छानबिन गर्न माग गरेको छ । मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि भएका सबै भ्रष्टाचार र त्यसमा संलग्न उच्च पदस्थ नेताहरुमाथि छानबिन गर्न माग गरेका हुन् ।

संसदमा अवरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टी सभापति रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने अडानबाट पछि नहटेपछि रास्वपाले यस्तो माग अघि सारेको हो ।

‘ललिता निवासको सुरुवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो ।’, उनले भने, ‘ललिता निवास काण्डदेखि अहिले वाइडबडी काण्डसम्म क–कसलाई जोगाईएको छ ? यो सारा फेहरिस्तको छानबिन गर्नलाई रास्वपाले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दछ ।’

काँग्रेसले लगातार सूर्यदर्शन सहकारीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिनको माग गर्दै आएको र उक्त अडानबाट पछि नहटेपछि रास्वपाले यस्तो माग अघि सारेको हो ।

मंगलबार पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सोही अडानका कारण प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: