×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङमा ‘फ्लप’ भएपछि बैंकिङ छोडेर डिसहोममा जागिर खान गए मानन्धर, प्रभु छोडेपछि ‘उँधोगति’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङमा ‘फ्लप’ भएपछि बैंकिङ छोडेर डिसहोममा जागिर खान गए मानन्धर, प्रभु छोडेपछि ‘उँधोगति’ !

Artha Sarokar

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङमा ‘फ्लप’ भएपछि तारा मानन्धर बैंकिङ छोडेर डिसहोममा जागिर खान गएका छन् । मानन्धरले सोमबारदेखि डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को कार्यभार सम्हालेका हुन् ।

उनी यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा कार्यरत थिए । मानन्धरले डिश मिडियाले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरिय बनाउनमा प्रमुख भूमिका खेल्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

विगत १३ वर्षदेखि डिश मिडिया पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छ ।

डिशहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै, तीन वर्षअघि मात्रै नेपाल दुरसंचार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भईसकेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी