Skip to content
LAXMI SUNRISE BANK

कैलाली भन्सार कार्यलयद्वारा नौ महिनामा पाँच अर्व राजस्व संकलन

अर्थ सरोकार

काठमाडौं। कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा पाँच अर्व ७३ करोड ४३ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्व १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ १५ करोड छ लाख र अन्यतर्फ एक अर्ब छ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
कार्यालयले चालु आवका नौ महिनामा आठ अर्ब ५६ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६.९४ प्रतिशतमात्रै राजस्व संकलन भएको उनले जानकारी दिए । ‘पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ’, उनले भने, ‘बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व संकलन प्रभावित भएको छ ।’
उनका अनुसार चालु आर्थिक वर्षको साउनमा ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख र मङ्सिरमा रु ७३ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, पुसमा रु ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा रु ७२ करोड १३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको लक्ष्य छ । चालु आवका नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।
गत आवमा २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व भएको थियो । त्यो लक्ष्यको ६७. ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK