म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेस्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो ।
व्यवसायी र कर्मचारीहरूलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोर अन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मी सहभागिता थियो ।
छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटललाई लक्षित गरी तालिम आयोजना गरिएको हो । उक्त करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।
तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले प्रशिक्षक दिएका थिए ।
तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबर्द्धन, स्थानीय उत्पादनको व्यवसायिकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्