×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलालीमा उखु बोकेको ट्रकमा आगलागी, यस्तो छ कारण…

काठमाडौँ । कैलालीमा फेरी ट्रकमा आगलागी भएको छ । कैलालीको कैलारी गाउँपालिका–१, सुर्मिनालामा ट्रकमा आगलागी भएको हो ।

कञ्चनपुरदेखि उखु लोड गरेर आइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकका आगलागी भएको हो । गुडिरहेको ट्रकले विद्युतको तारमा छुँदा तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ट्रकमा आंशिक क्षति भएको छ ।

बुधबार दिउँसो ट्रकमा लागेको आगलागी इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल खोनपुर र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: