काठमाडौँ । सांसद मुक्ता कुमारी यादवले त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका गायब गर्नेलाई कार्वाही गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो माग राखेकी हुन् ।
उनले यसरी रिजल्ट आउने बेलामा गायब गरिएका विद्यार्थीको उत्तरपुस्तिका प्रयोग गरेर सम्बन्धित व्यक्तिले आफ्ना नातागोतालाई पास गराउने गरेको आरोप लगाएकी छिन् ।
‘टियुका विद्यार्थीहरुले रिजल्ट आउने बेलामा उत्तरपुस्तिका हराएको थाहा पाए । यस्तो पनि कहिँ हुन्छ ?’, उनले भनिन्, ‘मार्केटमा हल्ला छ, ती उत्तरपुस्तिका प्रयोग गरेर सम्बन्धित व्यक्तिले आफ्ना नातागोतालाई पास गराउँछन् रे, यस्तो घोर अपराध गर्ने अपराधीलाई छानविन गरी कार्वाही गरियोस् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्