×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टियुमा जागिरको अवसर, दिने होइन त आवेदन ?

PRIME CA

टियुमा जागिरको अवसर, दिने होइन त आवेदन ?

२३ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टियु)ले कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै टियुले प्रमुख कानूनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा कर्मचारी मागेको हो ।

टियुले दरखास्त आह्वान गरेको कर्मचारीको किसिम करार रहनेछ । उक्त जागिरका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा आवेदकले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र र वैकल्पिक वा अस्थायी सूचीमा परेको प्रमाणसमेत पेश गर्नुपर्ने टियुले जनाएको छ । यस्तो छ टियुको सूचनाः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: