×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य घट्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुरिलोको मूल्य घट्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Artha Sarokar

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य घटेको छ । कुरिलो ५० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, बन्दा नरिवल १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ५०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ५०, हाइब्रिड घ्यु सिमि ५०, घ्यु सिमि राजमा ९०, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ६०, परवर(तराई) १०० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ४०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ५०, कन्य च्याउ ११०, डल्ले च्याउ २५०, कुरिलो ३५०, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २००, कोइरालो १५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५०, सौफको साग १००, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन १३०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ५०, मौसम १४०, जुनार २८०, भुई कटहर प्रति गोटा १४०, रुख कटहर ९०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३५, चाइनिज नासपाती २००, नेपाली मेवा ८०, भारतीय मेवा ८०, अम्बा २००, आभोकाडो ६००, किवि ४००, किनु ९०, स्ट्रबेरी ३००, अमला ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी