×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रायो सागको मूल्य बढ्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रायो सागको मूल्य बढ्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…

Artha Sarokar

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य बढेको छ । रायो साग २० रुपैयाँले बढेर न्युनतम ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, गोलभेडा सानो (टनेल) ८०, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, बन्दा नरिवल १५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, घ्यु सिमि राजमा १००, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ७०, परवर(तराई) ११० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी ९०, बरेला ४०, पिंडालू ११०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ५०, तरुल १००, कन्य च्याउ १२०, डल्ले च्याउ २७०, कुरिलो ३५०, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २००, कोइरालो २५०, रातो बन्दा ४०, जिरीको साग ४०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५०, सौफको साग ११०, पुदिना ९०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन ९०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, मौसम १४०, जुनार २८०, भुई कटहर प्रति गोटा १४०, रुख कटहर ९०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २००, नेपाली मेवा ८०, भारतीय मेवा ८०, अम्बा २००, आभोकाडो ६००, किवि ४००, किनु १०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी