काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भिण्डीको मूल्य बढेको छ । भिण्डी २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १३० रुपैयाँमा किनबेच भईरहेको छ
गोलभेडा ठूलो (नेपाली) ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, गोलभेडा सानो (टनेल) ९०, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा तराई ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, बन्दा नरिवल १० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ९०, लौका ५०, परवर (तराई) ९० रुपैयाँ, घिरौला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी १३०, बरेला ५०, पिंडालू ११०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ५०, बकुला ६०, तरुल ९०, कन्य च्याउ १२०, डल्ले च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ५०, सजीवन १५०, कोइरालो २००, रातो बन्दा ४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग १२०, पुदिना १३०, गान्टे मुला ६०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २३०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १३०, हरियो लसुन १६०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १७०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, सुन्तला (भारतीय) १२०, तरबुजा (हरियो) ५०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १४०, रुख कटहर ८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, चाइनिज नासपाती २००, नेपाली मेवा ८०, भारतीय मेवा ८०, अम्बा २००, आभोकाडो ६००, किवि ४००, किनु १०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्