×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुरिलोको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य घटेको छ । कुरिलो ५० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, गोलभेडा सानो (टनेल) ६०, भारतीय सानो गोलभेडा ५० रुपैयाँ र सानो गोलभेडा तराई ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ६०, हाइब्रिड घ्यु सिमि ६०, घ्यु सिमि राजमा १३०, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ६०, परवर (तराई) ९० रुपैयाँ, घिरौला १००, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ६०, सलगम ७०, भिण्डी १००, बरेला ५०, पिंडालू ११०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल १००, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, कुरिलो ३५०, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ५०, सजीवन १५०, कोइरालो १५०, रातो बन्दा ४०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५०, सौफको साग १४०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २३०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी १२०, हरियो लसुन १७०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १४०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २२०, सुन्तला (भारतीय) १२०, तरबुजा (हरियो) ५०, मौसम १४०, जुनार २८०, भुई कटहर प्रति गोटा १४०, रुख कटहर ८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४५, चाइनिज नासपाती २००, नेपाली मेवा ८०, भारतीय मेवा ८०, अम्बा २००, आभोकाडो ६००, किवि ४००, किनु १०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: